Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चितवनबाट ३८० किलो अवैध गाँजासहित दुई भारतीय पक्राउ

    चितवनबाट ३८० किलो अवैध गाँजासहित दुई भारतीय पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 825
    SHARES

    चितवन । चितवनबाट करिब ३८० किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले भरतपुर महानगरपालिका–१, आँपटारीबाट उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।



    प्रहरीले जेएच–०२ डब्लू ९६३१ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो ।

    ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाएर २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गिरी चालक र राजपाल सहचालक हुन् । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार