Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मानवतस्करीमा संलग्न अध्यागमनका दुई अधिकृत फरार

    मानवतस्करीमा संलग्न अध्यागमनका दुई अधिकृत फरार

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । मानवतस्करीमा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृत फरार भएका छन् ।

    प्रहरीले खोजी गरेको थाहा पाएपछि उनीहरु फरार भएका हुन् । अधिकृतद्वय विमल पौडेल र ताराबहादुर कुँवर फरार भएका हुन् ।



    उनीहरुले एजेन्टहरुसँग मिलेर भिजिट भिसामा विदेश पठाएर लाखौं रुपैयाँ लिएको खुलेको छ । यसअघि अध्यागमन अधिकृत नरविर खड्कालाई प्रहरीले पक्राउ गरिसकेको छ ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विमानस्थलबाट हुने भिजिट भिसा सेटिङको विस्तृत अनुसन्धान गरिरहेको छ । जसमा ४० जना पक्राउ परिसकेका छन् ।

    प्रहरीको अनुसन्धानमा अध्यागमनका कर्मचारीले दैनिक नै एक करोड करोड भन्दा धेरै घुस लिएर करिब दुई सय जनालाई भिजिट भिसामा विदेश पठाउने गरेका थिए ।

    अध्यागमनका ९० प्रतिशत कर्मचारीको सेटिङमा मिलेमतो देखिएको छ । प्रहरीले सबै कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ । प्रमाणले पुगेसम्म सबैलाई पक्राउ गर्ने प्रहरी तयारी छ ।

    यसमा एयरलाइन्सका प्रतिनिधिहरु समेत छानबिनमा छन् । उनीहरुले मिलेमतोका आधारमा बोर्डिङ पास उपलब्ध गराउँदै आएका थिए । गिरोहलाई सघाएको आरोपमा एक प्रहरी जवान समेत पक्राउ परिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार