Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्री कप : महिला क्रिकेटमा कोशीको लगातार तेस्रो जित

    प्रधानमन्त्री कप : महिला क्रिकेटमा कोशीको लगातार तेस्रो जित

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 549
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार तेस्रो खेल जितेको छ ।

    त्यसक्रममा आइतबार कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले हराएको हो ।



    जितका लागि १३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो ।



    मधेशका लागि साना प्रविनले नट आउट २७ रन बनाइन् भने आरती महतोले १८ रन बनाइन् ।

    कोशीका सबनम राई र अलिशा खडियाले समान २ विकेट लिए । यसअघि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमको शतकीय साझेदारीमा कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

    मधेशको यो लगातार तेस्रो हार हो । यसअघि मधेश एपीएफ र बागमतीसँग पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार