Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकाले भन्यो – नेपालमा यात्रा गर्दा सावधानी अपनाउनू, राजनीतिक हिंसाको सम्भावना छ

    अमेरिकाले भन्यो – नेपालमा यात्रा गर्दा सावधानी अपनाउनू, राजनीतिक हिंसाको सम्भावना छ

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 558
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिकाले नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको भन्दै भ्रमणमा आउने आफ्ना नागरिकलाई सावधानी अपनाउन सूचित गरेको छ ।

    अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिएको हो ।



    अमेरिकी विदेश मन्त्रालयले पुस २ मा ल्याएको एडभाइजरीमा नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको उल्लेख छ ।



    ‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ ।

    आफ्ना नागरिक कसैले नेपाल भ्रमण गर्ने निर्णय गरेको भए प्रदर्शन र भीडबाट बच्न पनि विदेश मन्त्रालयले जारी गरेको एडभाइजरीमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार