Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एनसेल वुमन आइकन आइसिटी अवार्ड सुनैनालाई

    एनसेल वुमन आइकन आइसिटी अवार्ड सुनैनालाई

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 249
    SHARES

    काठमाडौं। वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ ।

    द सोल्टी आयोजित आइसिटी अवार्ड २०२३ मा पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।



    अवार्डसँगै उनलाई नगद रू ३ लाख रूपैयाँ प्रदान गरिएको छ । जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी सकेकी छिन् ।



    नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएको भन्‍दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।  साथै उनले प्रविधिमार्फत समाज परिवर्तन गर्दै क्यान महासंघमा सचिव, महासचिव र पहिलो महिला उपाध्यक्ष भएर समेत काम गरिसकेकी छन् ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रूपमा पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरेका थिए।

    महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले यो अवार्ड प्रदान गर्दै आएको छ ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने,’समाजको भविष्य निर्माणमा सूचना प्रविधिको ठुलो महत्त्व छ । अरूका लागि प्रोत्साहन बनेका, प्रविधि र डिजिटल विकासमा योगदान पुर्‍याएका उहाँ जस्ता महिलाहरूको सम्मान गर्न पाएकोमा हामी हर्षित छौँ ।’

    यो वर्ष वुमन आइकन आइसिटी अवार्ड विधामा कुल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनहरूबाट सूचना प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चात् लागि ७ जना महिलाहरू छनोटमा परेका थिए र उनीहरू मध्येबाट निर्णायक मण्डलले पाण्डेलाई विजयी छानेका थिए ।

    सुनैनाले भनिन्,’एनसेल वुमन आइकन आइसिटी अवार्डद्वारा मेरो समर्पण, कडा परिश्रम र सूचना प्रविधिको क्षेत्रमा उत्कृष्टता हासिल गर्ने इच्छाको विशेष सम्मान गर्नु भएकोमा म एनसेल र आइसिटी अवार्डप्रति कृतज्ञ छु । यो अवार्ड मेरो कामको मात्र सम्मान नभई प्रविधिको परिवर्तनकारी क्षमतामा विश्वास गर्नेहरूको जोस, समर्पण र सामूहिक कार्यको कदर हो।’

    सूचना प्रविधिमा महिलाको संलग्नताले सामाजिक र आर्थिक समावेशीकरणलाई बढावा दिन्छ र प्राविधिक विकासका फाइदाहरू बढी समानुपातिक रूपमा वितरण भएको सुनिश्चित गर्दछ ।

    प्रत्येक वर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रूपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने उत्कृष्ट व्यक्तित्वहरू, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार