Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रेमीसँग भाग्न लागेपछि तोरी बारीमा श्रीमतीको हत्या

    प्रेमीसँग भाग्न लागेपछि तोरी बारीमा श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 1.1K
    SHARES

    कास्की । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीले बिहीबार पोखरा महानगरपालिका-२९ नौबिसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्तीलाई पक्राउ गरेको हो ।



    घर्तीले आफ्नी २८ वर्षीया श्रीमती रेखा घर्तीको घाँटीमा तुनाले कसेर हत्या गरेका थिए । रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन्।



    उनीहरूका दुई जना बच्चा पनि छन्। अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन्।

    रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए। लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखाको घाँटीमा जुत्ताको तुना कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    रेखाका प्रेमी भने भाग्न सफल भएका थिए। घटना भएको केहीबेरमा प्रहरीलाई खबर भएको थियो।

    इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले घटनास्थल नजिकैबाट रत्नबहादुरलाई पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार