Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • वडा सदस्यसहित चारजना पुर्पक्षका लागि थुनामा

    वडा सदस्यसहित चारजना पुर्पक्षका लागि थुनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 609
    SHARES

    पोखरा । ठगीसम्बन्धी मुद्दामा कास्कीको पोखरा महानगरपालिका वडा नं.६ का वडा सदस्यसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

    पोखरा ६ लेकसाइड बस्ने ४१ वर्षका विकास पहारी, सोही ठाउँका वर्ष २२ का प्रवीन विश्वकर्मा, वर्ष २४ का अभिषेक परियार,अभिषेक बराल र पोखरा ६ खहरे बस्ने ४२ वर्षीय दीपेन्द्र पहारी कारागार चलान भएका हुन्।



    लेकसाइडको फुटट्रायकमा फोटोग्राफी गर्नेहरुलाई विभिन्न किसिमबाट धम्काई ठगी गरेको अभियोग उनीहरुमाथि छ। दीपेन्द्र पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य हुन्।



    उनीहरु चारै जनालाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार