Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मानव बेचविखनमा संलग्न तीन जना पक्राउ

    मानव बेचविखनमा संलग्न तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    कास्की । प्रहरीले मानव बेचविखन तथा ओसार पसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पोखरा–९ पृथ्वी चोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत घर भइ हाल काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा–१७ विरौटा बस्ने २६ वर्षीय राजेश ठकुरी रहेका छन्।



    पोखरा महानगरपालिका–८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकले बालिका तथा महिलाहरुलाई होटलमा राम्रो काम लगाइदिन्छु भनी ल्याएर सुरुमा होटलको सरसफाइको काम लगाएका थिए।



    तर केही समयपछि राम्रो कमाइ हुन्छ भन्दै विभिन्न प्रलोभन दिएर परपुरुषहरुसँग भेट गराउँदै पोखराका विभिन्न होटलहरुमा लगि यौनशोषण गराउँदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    प्रलोभन दिएर महिलाहरुलाई यौन शोषणमा लगाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले १९ गते राति १० बजे सोही खाजाघरबाट महिलाहरुलाई बाहिर लैजान लागेको अवस्थामा एक जना बालिका र दुई महिलालाई उद्धार गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार