Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • साताको चौथो दिन २७ अंकले बढ्यो नेप्से

    साताको चौथो दिन २७ अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 537
    SHARES

    फाइल फोटो

    काठमाडौं । कारोबार साताको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

    नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० विन्दुमा कायम भएको छ। कारोबार रकम भने अघिल्लो दिनकै बराबर ४ अर्ब ४ करोड रुपैयाँको भएको छ ।



    सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो ।



    अंकका आधारमा बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३०, होटल तथा पर्यटन १४७, हाइड्रोपावर ७१, जीवन बीमा ८१, उत्पादन १२३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २२१, अन्य २३ र ब्यापार समूह ५ अंक बढे ।

    ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र पन्चकन्या माइ हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो ।

    त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.६, भूगोल इनर्जीको ९.३, माउन्टेन इनर्जीको ८.८, सगरमाथा जलविद्युतका् ८.७, नेपाल रिपब्लिक मिडियाको ८.२ प्रतिशत मूल्य बढ्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार