Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय

    सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो ।



    न्यायाधीश ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ।



    सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

    यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश  ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

    लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार