Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्री कपमा मधेसको विजयी सुरूवात

    प्रधानमन्त्री कपमा मधेसको विजयी सुरूवात

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 459
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। मुलपानी, कीर्तिपुर र भैरहवा गरी तीन वटा मैदानमा प्रतियोगिताका खेल भएक छन्।

    मुलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा १२७ रनमै अलआउट भयो।



    कोशीका लागि कप्तान अंकित सुवेदीले ४० रन र फिर्दोस अन्सारीले ४१ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।



    बलिङमा मधेसका प्रदीप पासवानले ३ विकेट लिए भने राजेश यादव, रन्जित कुमार र पवन सर्राफले २-२ विकेट लिए।

    १२८ रनको लक्ष्य मधेसले २०.१ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। मधेसका लागि अनिल साहले ८८ रनको योगदान गरे। उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गरे।

    यता कीर्तिपुरमा बागमती प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका रासिद खानले नटआउट १०६ रनको योगदान गरेका छन्। उनको शतकमा पुलिसले ८ विकेटको क्षतिमा २८२ रन जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार