Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेप्से ३१ अंकले बढ्दा ५ अर्ब ४५ करोडको कारोबार

    नेप्से ३१ अंकले बढ्दा ५ अर्ब ४५ करोडको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 486
    SHARES

    काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ३१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१२० अंकमा कायम भएको छ ।

    ५ पुसयता २१ सयमुनि रहँदै आएको बजार २५ दिनपछि २१ सयमाथि गएको हो । कारोबार सुरु भएको केही मिनेटमै २१ सय नाघेको नेप्से अन्तिम समयसम्म २१ सयमाथि नै रह्यो ।



    दिनभर ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको छ। ९४ हजार ५ सय २६ कारोबारमार्फत् कुल ३ सय १४ स्क्रिप्टका १ करोड ६६ लाख ५ हजार २ सय ३४ इकाइ सेयर किनबेच भएको हो।



    कारोबार रकम गत बिहीबारको तुलनामा १ अर्ब १५ करोड बढी हो। बिहीबार नेप्से ०.६२ अंकले घटेकामा दिनभर ४ अर्ब ३० करोडको सेयर किनबेच भएको थियो।

    यस दिन २११ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ३ को स्थिर रह्यो । हाइड्रोपावर समूहमा उच्च वृद्धि देखिएको छ ।  सो समूह सबैभन्दा धेरै ४.५८ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.७७ प्रतिशत बढ्यो ।

    वाणिज्य बैंक ०.४७, विकास बैंक १.२४, फाइनान्स १.५५, लगानी १.२४, जीवन बीमा ०.४२, उत्पादन १.०३, माइक्रोफाइनान्स १.९६ र निर्जीवन बीमा समूह ०.०१, प्रतिशत बढे ।

    होटल तथा पर्यटन ०.०१ र ब्यापार समूह ०.९४ प्रतिशत घटे ।

    कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स संस्थापक समूह, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, अरुणभ्याली हाइड्रोपावर र अरुण काबेली क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार