Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • लागूऔषधसहित वीरगन्जबाट रिक्सा चालक पक्राउ

    लागूऔषधसहित वीरगन्जबाट रिक्सा चालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 666
    SHARES

    वीरगन्ज । प्रहरीले ठूलो परिमाणामा लागूऔषधसहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका – १ छपकैया बस्ने ५० वर्षीय बब्लुलाल कर्ण रहेका छन्।



    सडक चेकजाँच गर्ने क्रममा रिक्सामा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी १५ सय एम्पुलसहित चालक कर्ण पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    लागूऔषधसहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार