Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तोलामा ७ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ७ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 576
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।

    बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार १ लाख १७ हजार ५ सय रुपैयाँमा झरेको हो।



    अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ ।

    अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार