Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वर्तमान सरकार र गठबन्धबाट धेरै अपेक्षा छैन् : सीके राउत

    वर्तमान सरकार र गठबन्धबाट धेरै अपेक्षा छैन् : सीके राउत

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 435
    SHARES

    सप्तरी । जनमत पार्टीका अध्यक्ष सीके राउतले देशलाई शीर्ष नेताहरुले नै बन्धक बनाएको आरोप लगाएका छन् ।

    सप्तरीको राजविराजमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले देशलाई पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली र माधव नेपालले बन्धक बनाएको आरोप लगाएका हुन् ।



    संसद्मा स्वतन्त्र रुपमा बोल्ने अधिकारसमेत जननिर्वाचित सासंदलाई नरहेको बताउँदै उनले संसद हुन्छ वा हुन्नमा मात्र सीमित रहेको बताए ।



    अदालतदेखि अख्तियार लगायतका संवैधानिक निकाय पनि त्यही चार नेताको सेरोफेरोअनुसार चल्ने गरेको राउतको आरोप छ ।

    अध्यक्ष राउतले भने, ‘मन्त्रिपरिषद् पनि प्रधानमन्त्री र मुख्यसचिवको चुदुरबुदुरमा चल्छ । यो सरकार र गठबन्धबाट धेरै अपेक्षा छैन अब सडकमै आउनुपर्ने अवस्था सिर्जना भएको छ ।हाम्रो पार्टीबाट मन्त्री बनेकाहरूलाई राजीनामा लेखेर राख्न निर्देशन दिइसकेको छु, जतिबेला माग्छन् दिइहाल्नुहुन्छ।’

    सरकारमा रहनु पनि एउटा अधिकार भएको बताउँदै राउतले सरकारबाट आफूहरूलाई हटाए पनि मञ्जुर हुने बताए ।

    संसद, सरकार र व्यवस्था सञ्चालनबारे तीव्र असन्तुष्टि व्यक्त गरेका राउतले शासन व्यवस्था उत्कृष्ट रहेपनि यसको सञ्चालन चारजना नेतामा मात्र सीमित रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार