Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • २५ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से, कारोबार रकम कति ?

    २५ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से, कारोबार रकम कति ?

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 504
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

    नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा कायम भएको हो। यसदिन बजारमा २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।



    गत साताको अन्तिम कारोबारका दिन ७.२४ अंकले घटेर बन्द भएको शेयर बजार आज आइतबार प्रि अ‍ेपन सेसनबाट बढेरै खुलेको थियो ।



    दोहोरो अंकले ओरालो लागेको बजारमा आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र परे। यसदिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए।

    सो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड बढी मूल्यको सेयर कारोबार भयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार