Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ६५ युक्रेनी युद्धबन्दी बोकेको रुसी विमान खस्यो, ७४ जनाको मृत्यु

    ६५ युक्रेनी युद्धबन्दी बोकेको रुसी विमान खस्यो, ७४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 597
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ ।

    रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।



    सो सैन्य विमानमा चालक दलका ६ सदस्यसहित ७४ जना सवार थिए । उनीहरु सबैको मृत्यु भएको दाबी गरिएको छ ।



    रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार