Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पोखरामा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

    पोखरामा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 810
    SHARES

    फाइल तस्विर

    पोखरा । पोखराको लेकसाइड खहरेचोकस्थित निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेका छन् ।



    स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए।



    मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो।

    उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार