Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माछाभित्र ब्राउन सुगर हालेर साथि भेट्न कारागार पुगे विजय

    माछाभित्र ब्राउन सुगर हालेर साथि भेट्न कारागार पुगे विजय

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 2.7K
    SHARES

    बर्दिया । प्रहरीले काँचो माछाभित्र ब्राउन सुगर हालेर कैदी भेट्न जाने युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका – २ संगमबस्तीका २२ वर्षीय विजय तिरूवा रहेका छन् ।



    बर्दिया जिल्ला कारागारमा कैदीलाई भेट्ने बहानामा उनले काँचो माछाभित्र प्रतिबन्धित लागुऔषध ब्राउन सुगर लुकाएर लैजान खोजेका थिए ।



    विजयले काँचो माछाभित्र ५२० मिलीग्राम ब्राउन सुगर लुकाएका थिए ।

    उनले जेलमा रहेका साथीको आग्रहमा माछाभित्र ब्राउन सुगर राखेर पुर्‍याउन गएको प्रहरी समक्ष बयान दिएका छन् । उनीमाथि बर्दिया प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार