Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इन्स्पेक्टर विनुले जागिर छाड्न बाध्य पारेको प्रहरी जवानको आरोप

    इन्स्पेक्टर विनुले जागिर छाड्न बाध्य पारेको प्रहरी जवानको आरोप

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 25.1K
    SHARES

    कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनु शाहीले आफूलाई जागिर छाड्न बाध्य पारेको एक प्रहरी जवानले आरोप लगाएका छन् ।

    गत ८ पुसमा जिल्ला प्रहरी कार्यालय बाजुरामा राजीनामा दिएका प्रहरी जवान नरेन्द्र नाथले कञ्चनपुरमा कार्यरत हुँदा आफूले इन्स्पेक्टर शाहीबाट दुःख पाएको आरोप लगाएका हुन् ।



    बाजुराबाट राजीनामा दिएर महेन्द्रनगर घर फर्किएको बताउँने नाथले राजीनामा स्वीकृत नभएपछि २२ पुसमा जिप्रका कञ्चनपुरमा विदाको निवेदन स्वीकृत भए नभएको बुझ्न जादा बिनाकारण प्रहरीले थुनामा लिएर हिरासतमा राखेर कुटपिट गरेको आरोप लगाए ।



    सोही कारण आफूले प्रहरी जवान पदबाट राजीनामा दिएको प्रहरी जवान नाथको भनाई छ । प्रहरी निरीक्षक शाहीमाथि छानविन गरेर कारबाही गर्न सिडिओ कार्यालय कञ्चनपुरमा पनि उजुरी परिसकेको छ । तर प्रहरी निरीक्षक शाहीले भने नाथलाई कुटपिट नगरेको बताउँदै आएकी छिन् ।

    शाहीले २२ पुसमा जिल्ला प्रहरी कार्यालयमा आएर थुनुवालाई सुर्तीजन्य पदार्थ दिइरहेको बेला नाथलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको दाबी गरिन् । तर भोलिपल्ट सम्झाइबुझाई गरेर छाडिएको उनको भनाई छ ।

    यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि नाथ थुनुवा कक्षमा पुगेर सुर्तीजन्य पदार्थ दिइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको स्पष्ट पारेको छ । तर प्रहरी जवान नाथ सो कुरालाई अस्विकार गर्छन् ।

    साथै जिल्ला प्रहरी कार्यालयले जवान नाथलाई सिक्री हराएको घटनामा कारवाही समेत गरेको खुलासा भएको छ । यस्तै कञ्चनपुरमा प्रहरी नेतृत्वका कारण प्रहरीसमेत असुरक्षित रहेको आरोप पनि लागेको छ । तल्लो तहका कर्मचारीहरू प्रहरीका उच्च अधिकारीबाटै असुरक्षित हुने गरेको घटनाक्रमले देखाएको छ ।

    प्रहरी चौकी बागफाँटामा कार्यरत प्रहरी जवान नाथको सरुवापछि राजीनामाको घटना सेलाउन नपाउदै अर्की महिला सहायक प्रहरी हवल्दारले पनि जिल्लाको नेतृत्वका कारण आफू असुरक्षित भएको गुनासो गरेकी छिन् ।

    माघ १० गते साँझ साढे ७ बजे महेन्द्रनगरको होटेल ओपेरा क्षेत्रमा ड्युटी रहेकी उनले बिच सडकमा रहेको गाडी हटाउन अनुरोध गरिन् । तर गाडी धनी तेजबहादुर चन्दसहितका व्यवसायीहरूले उल्टै मजाक उडाए ।

    उल्टै बिच सडकमा गाडी पाकिङ्ग गरेका व्यवसायी चन्दले महिला प्रहरीमाथि हातपातसमेत गरे । तर ती प्रहरीले प्रहरी नेतृत्वलाई खबर गर्दासमेत उल्टै व्यवसायीको पक्षमा उनीहरू लागेको उनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार