Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रहरीलाई झुटो निबेदन दिने अधिकारी पक्राउ, ऋण नतिरेर उल्टै दिएका थिए उजुरी !

    प्रहरीलाई झुटो निबेदन दिने अधिकारी पक्राउ, ऋण नतिरेर उल्टै दिएका थिए उजुरी !

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 906
    SHARES

    पूर्वी नवलपरासी । प्रहरीलाई झुटो विवरण दिने एक युवक पक्राउ परेका छन् ।

    आफूले लिएको ऋण नतिरेर उल्टै मिटर ब्याजमा ऋण लगाएको भन्दै गलत सूचना दिने कावासोती नगरपालिका १७ बस्ने वर्ष ४६ का केशब प्रसाद अधिकारी पक्राउ परेका हुन् ।



    अधिकारीले कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने वर्ष ३५ की मल्लिका दाहालसँग गत जेठ १० गते ३७ लाख सापटी लिएका थिए ।



    भाका पुगेपछि दाहाल पैसा लिन घरमा आउँदा अधिकारीले आफूलाई दाहालले अपहरण गरेको भन्दै झुटो विवरणसहित प्रहरीमा निबेदन दिएका थिए ।

    अनुसन्धानका क्रममा अनुचित ब्याज मागेको नपाइएको र अपहरणको कुनै हर्कत दाहालले नगरेको पुष्टि भएको प्रहरीले जनाएको छ । झुठा बिबरण दिएको प्रमाणका आधारमा अधिकारीमाथि प्रहरीले थप कारबाही गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार