Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गाजामा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनी संख्या २८ हजार पुग्यो

    गाजामा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनी संख्या २८ हजार पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 342
    SHARES

    एजेन्सी । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको छ ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गत वर्ष अक्टोबरमा इजरायल-हमास द्वन्द्व सुरु भएदेखि तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टाइनीहरू घाइते भएको जनाएको छ ।



    इजरायली सेनाको आक्रमणबाट विगत २४ घण्टामा १०७ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने र १४२ अन्य घाइते भएका छन् ।



    केही पीडितहरू भग्नावशेषमुनि पुरिएका बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार