Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अर्थतन्त्र लयमा फर्किसक्यो, विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा छ : अर्थमन्त्री महत

    अर्थतन्त्र लयमा फर्किसक्यो, विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 561
    SHARES

    झापा । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको दाबी गरेका छन् ।

    झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले लगाएको पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।



    उनले अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताए । उनले आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गरे ।



    अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उनको भनाई छ । उनले बाहिरबाट प्रशस्त मात्रामा पुँजी नेपालको अर्थतन्त्रमा आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार