Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ

    अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 744
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुईजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

    गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईबाट काठमाडौं आएका ३१ वर्षीय यासिन मोहम्मद र ४८ वर्षीय अनाम लखानी ५० हजार डेनिस क्रोनरसहित पक्राउ परेका हुन् ।



    यो रकम ९५ लाख ६ हजारभन्दा बढी नेपाली रुपैँया हुने त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको थियो।



    पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । उनीहरुलाई आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने विमानस्थल प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार