Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कानून मन्त्रालयले रोक्यो डीआईजीको दरबन्दी

    कानून मन्त्रालयले रोक्यो डीआईजीको दरबन्दी

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा डीआईजीको दुई विशेष दरबन्दी थप्ने प्रक्रिया कानून मन्त्रालयले रोकेको छ ।

    साइबर ब्यूरो र केनाइन महाशाखामा डीआईजीको दरबन्दी थप्ने प्रस्तावमा अर्थ मन्त्रालयले भने सहमति दिइसकेको छ । तर, कानून मन्त्रालयले सहमति नदिँदा रोकिएको गृह मन्त्रालय स्रोत बताउँछ ।



    साइबर ब्यूरोका एसएसपी नविन्द्र अर्याल र केनाइन महाशाखाकी देउती गुरुङलाई बढुवा गर्न विशेष दरबन्दी थप्न लागिएको हो । केनाइनमा डिआइजी राख्न लागिएकोमा प्रहरीभित्रै पनि विरोध छ ।



    विशेषज्ञ सेवा आवश्यक रहेको भन्ने आधारमा उनीहरूलाई बढुवाकै लागि विशेष दरबन्दी थप्ने प्रस्ताव ६ महिनाअघि नै अघि बढेको हो । तर, अझै टुंगिएको छैन । त्यस्तै, रिक्त एसपी पदको बढुवा पनि रोकिएको छ ।

    प्राविधिक पदलाई प्रशासनतर्फ ल्याएर बढुवा गर्ने प्रयास सफल हुन सकेको छैन । प्रहरीको एसपीका ८ एसपीका दरबन्दी रिक्त रहेकोमा १२ जना डिएसपी प्रतिस्पर्धामा रहेकाले बढुवाको निर्णय हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार