Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाल प्रहरीका असईसहित १८ जना कर्मचारी सम्पर्कविहीन [सूचीसहित]

    नेपाल प्रहरीका असईसहित १८ जना कर्मचारी सम्पर्कविहीन [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको छ ।

    एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।



    केही प्रहरी मंसिरदेखि गैरहाजिर छन् । खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    बिहीबार अर्को सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनेको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार