Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दलसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश

    दलसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 348
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेश गरिएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त विधेयक पेश गरेका हुन्।



    मन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सोपश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेश गर्नुपरेको प्रष्ट्याए ।



    उपप्रधानमन्त्री श्रेष्ठले पेश गरेको सो विधेयक प्रतिनिधिसभामा छलफल हुनेछ। प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार