Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 345
    SHARES

    काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    विपक्षी दलहरुको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।



    बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले सरकारको विरोध तथा विवादित मन्त्रीहरुको राजीनामा माग्दै बैठक अवरोध गरेका थिए ।



    सभामुखले आजको संसदको कार्यसुची महत्वपुर्ण भएको भन्दै सांसदहरुलाई पटक पटक बस्न आग्रह गरेपनि उनीहरुले सभामुखको आग्रह नसुनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

    उनीहरूले विवादित तीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको अडान राखेका छन् ।

    एमाले सांसद गोकुल बास्कोटाले तीन मन्त्रीको राजीनामा नआए प्रधानमन्त्रीको जवाफसँगै बर्खास्त गर्नुपर्ने अडान सुनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार