Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भारतीय अभिनेत्री जयाप्रदा ‘फरार’ घोषित

    भारतीय अभिनेत्री जयाप्रदा ‘फरार’ घोषित

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । भारतीय अभिनेत्री तथा पूर्व सांसद जयाप्रदालाई अदालतले ‘फरार’ घोषित गरेको छ ।

    सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा दर्ता भएको थियो ।



    जयाको यो मामलाको सुनुवाइ रामपुरको एमपी–एमएलए स्पेशल कोर्टमा चलिरहेको छ । जयालाई अदालतले कैयौँ पटक सूचना जारी गर्दाको बाबजुद पछिल्लो पटक अदालतले कैयौँ तारिख दिए पनि उनी अदालतमा उपस्थित भएकी थिइनन् ।



    यसबाहेक उनीमाथि वारेन्ट र जमानती वारेन्ट पनि जारी गरिएको थियो । तर उनी अदालतमा उपस्थित भइनन् । यही कारण उनलाई अदालतले ‘फरार’ घोषित गरेको हो ।

    अदालतले जयाविरुद्ध ८२ सीआरपीसीको कारवाही गर्दै पुलिस अधीक्षकको एक डिप्टी एसपीको अगुमाईमा टिक बनाएर ६ मार्च २०२४मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

    रामपुरका वरिष्ठ अभियोजन अधिकारी अमरनाथ तिवारीका अनुसार सन् २०१९ मा जयाविरुद्ध केमरी र स्वार थानामा आचारसंहिता उल्लङ्घनका दुई मामला दर्ता भएका थिए ।

    प्रहरीले चार्जशीट कोर्टमा उजुरी दर्ता गराएको थियो । स्वारमा दर्ता भएको मामलामा बयान लिइसकिएको छ । केमरीको मामलामा भने जया अदालतमा उपस्थित नभएपछि बयान लिन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार