Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृह मन्त्रालयका १८ उपसचिवको सरुवा, केन्द्रीय कारागार र नख्खुका जेलर फेरिए

    गृह मन्त्रालयका १८ उपसचिवको सरुवा, केन्द्रीय कारागार र नख्खुका जेलर फेरिए

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले आइतबार १८ जना उपसचिवको सरुवा गरेको छ । सरुवामा केन्द्रीय कारागार र नख्खु कारागारका जेलर फेरिएका छन् ।

    केन्द्रीय कारागारमा अध्यागमन विभागका निर्देशक कृष्ण बहादुर कटवाललाई जेलर बनाइएको छ । त्यहाँ कार्यरत ललित कुमार बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ ।



    नख्खु कारागारको जेलरमा अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत मित्रलाल शर्मालाई पठाइएको छ ।



    नख्खुकी जेलर कल्पना घिमिरे नेपालको जिल्ला प्रशासन कार्यालय, ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएको छ ।

    विभिन्न जिल्लाका सहायक सिडिओ पनि फेरिएका छन् । गृहले ठुलो संख्यामा सिडिओको पनि सरुवाको तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार