Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले भने – माथि जे भयो यता पनि त्यही भयो

    गण्डकीका मुख्यमन्त्री पाण्डेले भने – माथि जे भयो यता पनि त्यही भयो

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 462
    SHARES

    पोखरा । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकी प्रदेशमा पनि फेरबदल सुरु भएको छ।

    गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री बनेको सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई हटाएका छन् ।



    मुख्यमन्त्री पाण्डे भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेसम जुग्जाली र सामाजिक विकास मन्त्री सुशीला सिम्खडालाई हटाएका हुन् ।



    मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय गरेको बताएका छन् ।

    माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादीका मन्त्रीलाई हटाएर सरकारले समर्थन फिर्ता लिन बाध्य बनाएको बताए ।

    पाण्डेले मन्त्रीहरूलाई फोन गरेर हटाइएको जानकारी गराएका थिए ।

    दुवै जना मन्त्रीले संसदीय दलमा पनि आफू बर्खास्त भएको जानकारी गराइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार