Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमतीको मृत्यु

    मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमतीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    फाइल फोटो

    भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

    बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।



    पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी सवा ७ बजे मृत्यु भएको हो ।



    सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए । सन्तोषलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार