Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रेशम चौधरीको प्रस्ताव – संघीय सांसद र प्रदेश सभा सदस्य घटाऔं

    रेशम चौधरीको प्रस्ताव – संघीय सांसद र प्रदेश सभा सदस्य घटाऔं

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 708
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघ र प्रदेशमा सांसदहरूको संख्या घटाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

    शनिवार साँझ बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै नेता चौधरीले सांसद संख्या घटाउनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।



    उनले संघीय सांसद संख्या १०० मात्र भए पुग्ने बताए । उनले २७५ सांसद राख्न आवश्यक नभएको टिप्पणी गरे ।



    उनले प्रदेशमा पनि घटाउनु पर्ने धारणा राखे । साथै मन्त्री बनाउन पनि निश्चित मापदण्ड तोकिनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार