Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जीएनआरएनएको प्रथम अधिवेशन हङकङमा सम्पन्न, १४ जनाको कार्यसमिति निर्विरोध चयन

    जीएनआरएनएको प्रथम अधिवेशन हङकङमा सम्पन्न, १४ जनाको कार्यसमिति निर्विरोध चयन

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । विश्वव्यापी गैरआवासीय नेपाली संघ (जीएनआरएनए) हङकङको प्रथम अधिवेशन सम्पन्न भएको छ।

    हङकङस्थित रोयल रिगल होटलमा सम्मन्न अधिवेशनले पूर्णबहादुर रानाको अध्यक्षतामा १४ जनाको कार्यसमिति गठन गरेको छ।



    ऐतिहासिक रुपमा सम्पन्न पहिलो अधिवेशनबाट सम्पूर्ण कार्यसमिति निर्विरोध रुपमा चयन भएको हो ।



    समितिको उपाध्यक्षमा सुस्मिता मल्ल र आकाश बन्जारा, महासचिवमा सागर थापा, सचिवमा खेडुप लामा तथा कोषाध्यक्षमा ज्ञान गुरुङ चयन भएका छन्।

    त्यसैगरी, महिला संयोजकमा भने विव्य गुरुङ र युवा संयोजकमा अन्जना राई चुनिएका छन्। जीएनआरएनएको सदस्यहरूमा, दिपेन गुरुङ, अस्मी गुरुङ, करिश्मा राई, संगीता घले, निर्मल गुरुङ र क्रान्ति राना चयन भएका छन्।

    हङकङका लागि नेपाली महावाणिज्यदूत डा. उदयबहादुर रानामगरको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष डा. शेष घले (अस्ट्रेलिया) विशेष अतिथिका रुपमा उपस्थित भएका थिए । कार्यक्रको अध्यक्षता भने त्रिलोक गुरुङले गरेका थिए ।

    झण्डै २०० जनाको उपस्थित रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद् (आईसीसी) का उपाध्यक्षद्वय थर्क सेन (युके) र भोमा लिम्बू (अस्ट्रेलिया), आईसीसी ब्रान्ड एम्बासडर दिपेश खत्री (जर्मन), हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ लगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार