Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सेयर बजारमा ५८ अंकको सुधार, ४ अर्बको कारोबार

    सेयर बजारमा ५८ अंकको सुधार, ४ अर्बको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 324
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ ।

    अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.५८ अंक बढेसँगै २१११ अंकमा पुगेको हो ।



    नेप्से मात्रै नभई कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब १९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५५ करोडको कारोबार भयो ।



    कुल २२० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।

    जीवन बीमा समूह सबैभन्दा धेरै ५.४४ प्रतिशत तथा माइक्रोफाइनान्स समूह ५.०५ प्रतिशत बढ्यो ।

    बैंकिङ ३.१०, विकास बैंक २.१७, फाइनान्स २.२९, होटल तथा पर्यटन ३.९३, हाइड्रोपावर ०.९९, लगानी १.८७, उत्पादन २.३४, निर्जीवन बीमा ३.१५, अन्य १.६४ र ब्यापार समूह १.६९ प्रतिशत बढे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार