Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड ठगी, पाँचतारे होटलबाट समातिए टेकनाथ

    नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड ठगी, पाँचतारे होटलबाट समातिए टेकनाथ

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीमा संलग्न सप्तरी घर भई काठमाडौं बस्दै आएका ४१ वर्षीय टेकनाथ साहलाई हयात होटलबाट पक्राउ गरेको हो ।



    साहले नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड १४ लाख ८४ हजार ऋण लिई फरार भएका थिए ।



    सोही मुद्दामा उच्च अदालत विराटनगरले साहलाई ९८ लाख ८५ हजार ५६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजाय सुनाएको थियो ।

    साहले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग एक करोड रुपैयाँ ठगी गरेको पनि बताइएको छ ।

    प्रहरीले साहलाई गत सोमबार हयात होटलबाट पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार