Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पूर्वकप्तान नेरी थापाले लिइन् क्रिकेटबाट सन्यास

    पूर्वकप्तान नेरी थापाले लिइन् क्रिकेटबाट सन्यास

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 567
    SHARES

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले सन्यास लिने घोषणा गरेकी हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट संन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैँ साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन ।’



    उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् ।



    नेरीको कप्तानीमा यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार