Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • संसदमा राप्रपा सांसद विना लामाले बोल्न नमानेपछि…

    संसदमा राप्रपा सांसद विना लामाले बोल्न नमानेपछि…

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 540
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफलको क्रममा अर्थमन्त्री वर्षमान पुनको उपस्थितीविना नबोल्ने अडान लिएकी छन् ।

    संसदमा अर्थमन्त्री नै नभएको भनी राप्रपाकी सांसद लामाले सुरुमै प्रश्न गरिन्, ‘अर्थमन्त्री नहुँदा कसलाई सुनाउने ?’



    सभाध्यक्ष गरिरहेकी उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री वर्षमान पुन प्रतिनिधि राखेर खाना खान गएको बताइन् ।  तर, सांसद लामाले राप्रपा बोल्न आउँदा अर्थमन्त्री नबसेको भनी थप प्रश्न उठाइन् ।



    त्यसपछि सभाध्यक्ष गरिरहेकी रानाले पछि बोलाउने भनी अर्को सांसदलाई बोल्न दिने विकल्प दिइन् । तर, त्यतिनै बेला अर्थमन्त्री पुन सभाकक्षमा प्रवेश गरे । त्यसपछि लामाले आफ्नो कुरा राख्न थालिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार