Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपालसँग आयरल्याण्ड ‘ए’ ६ विकेटले पराजित

    नेपालसँग आयरल्याण्ड ‘ए’ ६ विकेटले पराजित

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 444
    SHARES

    काठमाडौं ।नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको छ ।

    टी-यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।



    नेपालको जितमा ओपनर कुशल भुर्तेल नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे। कुशलले ३२ बलमा ४ चौका र दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हिर्काए।



    त्यसअघि सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान गरे। उनले ३ चौका र २ छक्का प्रहार गरे।

    तर नेपालले चौथो ओभरमा दुई विकेट गुमाएको थियो। दोस्रो बलमा आसिफ शेखलाई १० रन र चौथो बलमा रोहित पौडेललाई शून्यमा गुमाएको हो।

    दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरे। आसिफ एलबिडब्लूको धरापमा पर्दा रोहित विकेट पछाडि समातिए। लगत्तै अर्को ओभरमा गुल्सन झा ४ रनमा आउट भए।

    आयरल्याण्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार