Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेप्सेमा १७ अंकको गिरावट, २ अर्बको कारोबार

    नेप्सेमा १७ अंकको गिरावट, २ अर्बको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 237
    SHARES

    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

    सातामा पहिलो कारोबार दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १७.०१ अंकले घटेर २ हजार ३१.५५ विन्दुमा ओर्लेको हो ।



    सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । उक्त दिन ४४ हजार २ सय ३६ वटा कारोबारबाट ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच भए ।



    ती किनबेचमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत बिहीबार सेयर बजारमा ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    सोमबार कारोबारमा आएकामध्ये ३७ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय ४ वटाको घट्यो र बाँकी ३ वटाको स्थिर छ ।

    शिवम् सिमेन्टको १३अर्ब,सोनापुरको ८ करोड,हिमालयन रिइन्स्योरेन्सको ६ करोड र घोराही सिमेन्टको ५ करोड बढी मूल्यको सेयर कारोबार भयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार