Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डीएसपीहरुलाई आईजीपी कुँवरको निर्देशन – तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्नू

    डीएसपीहरुलाई आईजीपी कुँवरको निर्देशन – तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्नू

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 513
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले संगठनले लिएको नीति अनुरूप आन्तरिक शुद्धिकरणलाई आत्मसात् गर्दै उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

    सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी नायव उपरीक्षकहरू(डीएसपी)लाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधनका क्रममा आईजीपी कुँवरले यस्तो निर्देशन दिएका हुन् ।



    उनले प्रहरी अधिकृतहरूलाई तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्न कटिवद्ध हुनुपर्ने बताए । कुँवरले उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै आफ्नो जिम्मेवारी पूरा गर्न थप सक्रिय हुनुपर्ने बताए ।



    प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए । सामुहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाई छ ।

    आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्न समेत आईजीपी कुँवरले निर्देशन दिए । शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवं अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

    आईजीपी कुँवरले राजश्‍व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न समेत निर्देशन दिए ।

    लागूऔषध नियन्त्रण तथा रोकथाम,फरार अपराधी पक्राउ, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने आईजीपी कुँवरको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार