Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बेलायत र अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    बेलायत र अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 339
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायत, अस्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौंको शंखरापुरका ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ का २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दीको बेनी नगरपालिका–४ का ३९ वर्षीया राममाया गुरुङ पक्राउ परेका छन् ।



    आचार्यले बेलायत पठाइदिने भन्दै १६ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ । उनले बेलायतमा ‘वर्किङ भिसा’मा पठाउने भन्दै नक्कली ‘अफर लेटर’समेत देखाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    त्यसैगरी अधिकारीले अस्ट्रेलिया पठाइदिने भनेर १२ लाख ठगी गरेको आरोप लागेको छ । उनले अर्जुन तामाङ नाम गरेका व्यक्तिलाई अस्ट्रेलिया पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ।

    गुरुङले आकर्षक तलबमा माल्दिभ्स पठाउने भन्दै नक्कली भिसा देखाएर ३ लाख ठगी गरेको आरोप छ । पक्राउ परेका सबैलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार