Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच मध्यरातमा छलफल

    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच मध्यरातमा छलफल

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 4.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    गएराति १० बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको बताइएको छ ।



    भेटमा टीआरसी विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको स्रोतको दाबी छ।



    मंगलबार दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । इलाम २ र बझाङको प्रदेशसभा–१ मा बैशाख १५ गते निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार