Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेले पदबाट राजिनामा दिनुपर्ने कांग्रेसको माग

    गृहमन्त्री लामिछानेले पदबाट राजिनामा दिनुपर्ने कांग्रेसको माग

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 438
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि गृहमन्त्री रवि लामिछाने पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।

    राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले उक्त आशय व्यक्त गरेका हुन् । सांसद बडूले कानुनभन्दा माथि कोही नहुने भएकाले सहकारी ठगीमा नाम जोडिएपछि गृहमन्त्री लामिछानेले पदबाट बाहिरिनुपर्ने धारणा राखे।



    कांग्रेसले संसद् बैठकमा पनि लामिछानेमाथि छानबिनको माग गरिरहेको र सहकारी समस्या बढिरहेको भन्दै निकास दिनुपर्ने माग कांग्रेसको छ ।



    सहकारीबाट ग्यालेक्सी टिभीमा रकम लिइएको र त्यसमा रवि लामिछानेको नाम पनि रहेको भन्दै छानबिन सुरु गरेर नसकिन्जेलसम्म पदबाट हट्नुपर्ने उनको भनाई छ । सहकारी पीडितका गुनासो व्यापक रूपमा आइरहेको बडूले बताए ।

    उनले अदालतमा पनि मुद्दा पुगिसकेको भन्दै फरार रहेकाहरूबारे प्रश्न गरेका थिए । उनले कोही पनि कानुनभन्दा माथि हुन्न भन्ने बुझ्नुपर्ने बताए ।

    फरार रहेकाविरुद्ध रेड नोटिस जारी भएको भन्ने लामो समय भइसक्दा पनि अहिलेसम्म पक्राउ नभएको भन्दै बडूले आगामी दिनमा कसरी त्यसको समाधान हुन्छ भनेर प्रश्न गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार