Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

    प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 531
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

    संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नका लागि उनले आइतबार बिहान ९ बजे बैठक बोलाएका हुन् ।



    गत आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक एक हप्ताका लागि सारिएको थियो ।



    प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् ।

    बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार