Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विराट गोल्डकप प्रतियोगिता आजदेखि सुरु हुँदै

    विराट गोल्डकप प्रतियोगिता आजदेखि सुरु हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 420
    SHARES

    फाइल फोटो

    विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि विराट गोल्डकप प्रतियोगिता सुरु हुँदैछ।

    प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १० फुटबल टिम सहभागी हुँदै छन् । नेपालका विगागीयसहित सात, भारतका दुई र भुटानको एक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।



    उद्घाटन खेलमा बिहीबार भुटानको रोयल थिम्पु एफसी (आरटीसी) र विभागीय टोली नेपाल पुलिस भिड्ने भएका छन् । खेल पौने ६ बजे शुरु हुनेछ ।



    प्रतियोगिता सम्पन्न गर्न कुल अनुमानित एक करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार