Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भ्रष्टाचार मुद्दा लागेका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

    भ्रष्टाचार मुद्दा लागेका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 498
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

    सर्वोच्च अदालतले शुक्रवार गुरुङको निलम्बन फुकुवा गरेको हो ।



    आफूलाई निलम्बन गर्ने संसद् सचिवालयको निर्णयविरुद्ध गुरुङ गत फागुन २१ गते सर्वोच्च गएका थिए ।



    २०७९ मंसिरको चुनावमा गुरुङ मनाङबाट निर्वाचित भएका थिए । भ्रष्टाचार मुद्दामा गुरुङ २०७९ पुस १२ गतेदेखि गुरुङ निलम्बनमा परेका थिए ।

    समाज कल्याण परिषदको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा लागेको थियो ।

    सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

    गुरुङको निलम्बन फुकुवा भएसँगै कांग्रेसमा अब एक सांसद थपिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार