Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रुसी मिसाइल आक्रमणबाट युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त

    रुसी मिसाइल आक्रमणबाट युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको छ ।

    युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोका अनुसार मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको हो ।



    हाल कामदारहरूले अहिले पनि साइटमा भग्नावशेष सफा गरिरहेका छन् ।



    मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा शाहिद लडाकु ड्रोन प्रहार गरेको बताइएको छ ।

    यसलाई युक्रेनी अधिकारीहरूले मुलुकको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो हमला भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार