Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ज्वाइँ बन्दै अभिनेता जितु नेपाल

    ज्वाइँ बन्दै अभिनेता जितु नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 807
    SHARES

    काठमाडौं । नयाँ फिल्म ‘ज्वाइँ साब्’को शीर्ष भूमिकामा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् ।

    राजकुमार पण्डितले निर्माण गर्न लागेको फिल्ममा जितुसँग निर्माताले कागजी सम्झौता गरेका हुन्।



    रेडआई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा फिल्म निर्माण हुन लागेको हो ।



    सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि नेपाललाई फिल्मको मुख्य भूमिकामा लिइएको जनाइएको छ।

    हाँस्य कलाकारको रुपमा चर्चित जितुको फिल्ममा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माता पनि उनलाई अनुवन्धित गर्न लालयित देखिएका छन् ।

    फिल्मलाई वसन्त निरौलाले निर्देशन गर्दैछन् । फिल्मका कार्यकारी निर्माता बिजय बस्याल हुन् ।

    सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ। फिल्मको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार