Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 534
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

    बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च भएको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार भएको छ ।



    तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएको थियो।

    आज एक लाख ३३ तीन सय ५० मा कारोबार भइरहेको महाशाखाले जनाएको छ। चाँदीको मूल्य पनि तोलामा ४० ले वृद्धि भएको छ ।

    बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएको चाँदी आज एक हजार छ सय ५० मा कारोबार भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार